स्याङ्जा, १७ मंसिर । प्रतिनिधिसभा सदस्यतर्फ स्याङ्जा क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङको अग्रता कायमै छ ।
पछिल्लो मतपरिणामानुसार उनले २९ हजार ५६६ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेकी नेकपा (एमाले)की उमेदवार पद्माकुमारी अर्यालले २३ हजार ५९१ मत ल्याएको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ । गुरुङ र अर्यालबीचको मतान्तर पाँच हजार ९७५ छ ।
यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार टिकराज गुरुङले सात हजार ७५६ मत पाएका छन् ।







