स्याङ्जा, १६ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं.२ मतगणना भइरहेको छ ।
पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । उनले नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई २१ सय ६३ मतले पछि पारेका हुन् ।
कांग्रेसका गुरुङले १५ हजार ७२ मत पाएका छन् भने एमालेकी अर्यालले १२ हजार नौ सय नौ मत पाएकी छन् ।
यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार नौ सय ६२ मत प्राप्त गरेका छन् ।







