Logo

स्याङ्जा-२ र बाजुराकाे मतगणना गर्न कांग्रेसद्वारा आयाेगलाई आग्रह



काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा-२ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली आज निर्वाचन आयोग पुगेर स्याङ्जा-२ को मतगणना सुरु गर्न आग्रह गरेका हुन् । त्यस्तै बाजुराको पनि मतगणना गर्न आग्रह गरिएको छ ।

कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मतगणना सुरु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । चुनावको समय अवधिभर कुनै पनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले तुरुन्त मतगणना गर्नुपर्ने बताए ।

यस्तै स्याङ्जा-२ मा कांग्रेसको उम्मेदवार गुरुङले निर्वाचन अधिकृतले समेत चुनावमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले आयोगले मतगणना सुरु गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्