Logo

स्याम्पुकाे बट्टाभित्र लुकाएर ल्याएको सुनसहित एक जना पक्राउ



काठमाडौँ, १० असार । सनसिल्क स्याम्पुभित्र लुकाएर ल्याएको सय ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

सलाम एअरवेजको उडान नं.४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंह एक सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भटराईका अनुसार पक्राउ परेका सिंहले सनसिल्क स्याम्पुको झोलमा मिसाएर उक्त १०० ग्राम सुन लुकाएर ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्