Logo

स्यालले टोक्दा आठ जना घाइते



कञ्चनपुर, १७ पुस । दोधारा चाँदनी नगरपालिका-२ मा स्यालको टोकाइबाट आठ जना घाइते भएका छन् ।

शनिबार दिउँसो घर नजिक घाँस काटी रहेका उनीहरुलाई स्यालले टोकेको हो ।

स्यालको टोकाइबाट सरिता पुजारा, सिता पुजारा, माधवी धामी, प्रेम सिंह धामी, कलावती जोशी, बेलमती जोशी, कल्पना जोशी र सुनिता भाट घाइते भएको दोधारा चाँदनी-२ का वडाध्यक्ष पदम रावलले बताए ।

स्यालले टोकेपछि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएका उनीहरुमध्ये सता पुजारा, सरिता पुजारा र बेलमती जोशी बाहिर रिफर गरिएका छन् । स्थानीय र प्रहरीले स्याललाई मारिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्