Logo

स्रोत नखुलेको १३ लाख भन्दा बढी रकमसहित एक जना पक्राउ



झापा, १० भदौ । झापा गाउँपालिका वडा नं.१ बाट स्रोत नखुलेको १३ लाख ६० हजार रकमसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं.१ लसुना बोर्डर घर भएका ५४ वर्षिय तेजबहादुर गणेश रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक प्रविण भट्टराई नेतृत्वको टोलीले आज बिहान ११: ४५ बजे लसुना बोर्डरबाट गणेशलाई रकमसहित पक्राउ गरेको हो ।

लसुना बोर्डरमा प्रहरी टोली देखेपछि गणेश नजिकै रहेको आफ्नो घरतिर भागेका थिए । गणेशलाई घर नजिकैबाट रकमसहित पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्