Logo

स्वच्छ समाजका लागी सामाजिक अभियानद्वारा दृष्टिबिहिनलाइ खाद्यान्न सहयोग



झापा, २१ असोज । स्वच्छ समाजका लागी सामाजिक अभियान झापाले झापाका दृष्टिबिहिनहरुलाइ खाद्यान्न बितरण गरेको छ ।

नेत्रहीन संघ झापासग आवद्ध झापाका दमक, गौरिगन्ज, सुरुङ्गा, भद्रपुर, बिर्तामोड, अर्जुनधारा लगायत विभिन्न स्थानका ८० जना सडकमा गाएर हिन्ने देखि अन्य सहित दृष्टिबिहिन तथा असहायहरुलाइ जनही ३० केजि चामल, दाल र खानेतेल हस्तान्तरण गरीएको हो ।

भर्खरै गएको बाढीपहिरोले देशमा शोक र आर्थिक समस्याले दृष्टिबिहिनलाइ समेत दसैं मनाउन गाह्रो भएको बेला विभिन्न स्थानका सहगोगी हातहरु सहयोगी मन भएका ब्याक्तीहरुबाट सकलन गरि बितरण गरिएको अध्यक्ष सामाजिक अभियन्ता गणेश ढुंगानाले बताउनुभयो।

अभियानले टुटे फुटेका सिसा प्लास्टिक आदि सकलन गरि आएको रकम र दाताहरूले एकधुर एक ब्याक्ती सहयोग अन्तर्गत प्राप्त रकमले अर्जुनधारा ११ सालबारीमा २ कठ्ठा ७ धुर जमिन खरिद गरि दृष्टिबिहिन बस्ने घर निर्माण भैरहेको जानकारी अराउदै अभियानमा जोडिन र सहयोग गर्न ढुंगानाले आह्वान गर्नुभएको छ ।

कार्यक्रममा दृष्टिबिहिनहरुलाइ दसैंको मुखमा खाद्यान्न सहयोग गर्नु र उनिहरुका लागि आवास निर्माण गर्दै गरेकोले समयानुकूल आफुले पनि उचित सहयोग गर्ने र उनिहरुलाइ मागेर खाने भन्दा पनि कुनै सीप सिकाइ गरिखाने बनाउन उचित हुने बिशिस्ट अतिथि बि एण्ड सि हस्पिटल एवम् मेडिकल कलेजका संचालक एवम् सामाजिक ब्याक्तित्व दुर्गा प्रसाईंले आफ्नो बिचार राख्नु भएको थियो ।

त्यस गरि कार्यक्रम प्रमुख अतिथि कोशी प्रदेश सदस्य चिन्तन पाठक, वडा अध्यक्ष खगेन्द्र इङ्गनाम, जनप्रतिनिधि सुसिला गिरि, शिक्षासेवि हस्त परियार, बन्दी सहायता नेपाल पुर्वान्चलका अध्यक्ष जगत बहादुर मगर, सामाजिक ब्याक्तित्व दाताराम तिम्सिना, गायक मातृका सग्रौला, बिरबहादुर राइ, सल्लाहकार बोलप्रसाद कोइराला, गोपिचन्द्र खरेल, नरेन्द्र खड्का, बाबुराम श्रेष्ठ, अमित श्रीवास्तव, बिकि चौधरी, डिल्ली लक्की घिशिङ्ग, लक्ष्मी श्रेष्ठ, महासचिव मोहन योगि, शान्ता गजेन्द्र जबेगु, शोनी अग्रवाल, उषा प्रसाईं, जीवन बिश्वकर्मा, सन्चारकर्मी भाग्य न्यौपाने लगायतले सहयोग सगै बिजय दशमी र छडपर्बको समेत सम्पुर्ण दृष्टिबिहिन र सम्पुर्ण नेपालीहरुमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको थियो ।

अभियानका अध्यक्ष सामाजिक अभियन्ता गणेश ढुंगानाको अध्यक्षतामा संचालित कार्यक्रममा औचित्य एवम् स्वागत उपाध्यक्ष सामाजिक ब्याक्तित्व शेरबहादुर थापाले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचीव अभिचन्द्र बास्कोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्