अमेरिका, २१ असार । अमेरिकाको सिकागामा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । घटनामा ३१ जना घाइते भएका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार सोमबार परेड सुरु भएको १० मिनेटपछि परेड मार्गमा खुला फायरिङ गरिएको थियो । अमेरिकाभर २४६औँ स्वतन्त्रता दिवस मनाइरहँदा नजिकैको भवनबाट गोलीबारी भएको हो ।