Logo

‘स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न सक्दैनन्’



काठमाडौँ, १ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले निर्वाचनमा जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसद्मा केही काम गर्न नसक्ने बताएका हुन् ।

उनले स्वतन्त्र उम्मेदवारले संसद्मा बोलेर अलिकति चेतना जगाउन सके पनि आम रूपमा कुनै परिवर्तन ल्याउन नसक्ने जिकिर गरे । आफू राष्ट्रियसभाको अध्यक्ष भएर पनि नियम, कानुनको सीमाका कारण आम रूपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने उनले बताए ।

पार्टीको विकल्प स्वतन्त्र उम्मेदवार नभएको भन्दै उनले सबैलाई पार्टीमा आबद्ध हुन आग्रह गरे । पार्टीलाई नै सही मार्गमा हिँडाउन भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्