Logo

स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्नु अनुचित: तिमिल्सिना



पर्वत, ४ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्नु अनुचित भएको बताएका छन् ।

जिल्ला समन्वय समिति पर्वतको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव समयमै टुङ्गो नलगाएर सिङ्गो न्यायलयको गरिमा घटाउने काम भएको बताए ।

उनले राजनीतिक दलहरुकै कारण न्यायलय विवादमा आएको भन्दै यो लोकतन्त्रका लागि नराम्रो पक्ष भएको बताए । “महाअभियोग लागेको प्रधानन्यायधिश म निर्दोश छु भन्दै सर्वोच्चमै काममै फर्किन्छु भन्छ, सरकार अदालत आउन नदिने तयारी गर्छ, यो कस्तो खालको कानुन होे”, तिमिल्सिनाले भने ।

अध्यक्ष तिमिल्सिनाले संसद्को कार्यकालका विषयमा दलहरुबीचको विवादले नागरिकमा नकारात्मक सन्देश गएको बताए । उनले निर्वाचन आयोगले तोकेको समयावधिमा दलहरुले आ-आफ्नो तर्क गर्नु उचित नहुने भन्दै एउटै संसद्का कोही सांसद कार्यकाल सकिएर निवर्तमान हुने र कोही बहाल वाला हुँ भन्दै झण्डा हल्लाएर हिड्नु जायज नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्