Logo

मधेस प्रदेश: स्वतन्त्र सांसद सुरीता र प्रमोद जसपामा



जनकपुर, ८ माघ । मधेस प्रदेशसभाका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

प्रदेश सांसद सुरीता साह र प्रमोद जैसवाल जसपामा गएका हुन् ।

साह महोत्तरी क्षेत्र नम्बर-२ ‘ख’बाट निर्वाचित भएकी थिइन् । जैसवाल पर्सा क्षेत्र-३ ‘क’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

आइतबार अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई पार्टीमा प्रवेश गराए । योसँगै मधेस प्रदेशसभामा जसपाका १८ सांसद भएका छन् । यहाँ जसपा तेस्रो दल हो । केन्द्रीय सत्तासाझेदारीअनुसार जसपाले मधेस सरकारको नेतृत्व गरेको छ ।

मधेसमा ६ स्वतन्त्र सांसद निर्वाचित भएका थिए । त्यमध्ये चार जना विभिन्न पार्टीमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्