Logo

स्वर्णलक्ष्मी सहकारी ठगी : रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौं, २१ पुस । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३९ जनाविरूद्व सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।

रविविरूद्व मात्रै सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्