Logo

स्ववियु अन्तर क्याम्पस टि-१० क्रिकेट: काँकरभिट्टा र कनकाईमा कसले मार्ला बाजी?



काँकरभिट्टा, २५ भदौ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुद्वारा आयोजित अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मंगलबार काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) र कनकाई आर्दश क्याम्पसले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सेमिफाइनलमा काँकरभिट्टा क्याम्पस (ए) ले कनकाई सुरुङ्गलाई र कनकाई आर्दश क्याम्पस बिर्तामोडले दमक क्याम्पसलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

भदौ १५ गतेबाट शुरु भएको प्रतियोगिता भदौ २६ मंगलबारसम्म चल्नेछ । प्रतियोगितामा प्रथम र दोस्रो पुरस्कार स्वरुप क्रमश: ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्