Logo

स्ववियु चुनावको तयारी गर्न क्याम्पसहरूलाई त्रिविको निर्देशन



काठमाडौँ, २८ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ ।

त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार सूचना जारी गरि निर्वाचनको लागि तयारी गर्न निर्देशन दिएको हो ।

पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ । १४ वर्षदेखि स्ववियुको नियमित निर्वाचन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्