Logo

स्ववियु चुनाव: आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने



काठमाडौँ, २ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् ।

ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ-आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।

स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज प्रचारप्रसारको अन्तिम दिन हो । उम्मेदवारले आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । प्रचारप्रसार गर्न रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी यसअघि आचारसंहिता जारी भएको थियो ।

स्ववियु चुनाव हुने क्याम्पसमा सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी गरिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु चुनावका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्