Logo

स्ववियु निर्वाचन: १८ वटा आङ्गिक क्याम्पसमा चुनाव हुन बाँकी



काठमाडौँ, ११ चैत । त्रिभुवन विश्वविद्यालयमा अघिल्लो आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ ।

देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १८ आङ्गिक क्याम्पसमा चुनाव हुन बाँकी छ । अहिलेसम्म चुनाव भएका आंगिक क्याम्पसमध्ये अनेरास्ववियु १९, नेविसंघ १८, अखिल क्रान्तिकारी चार, जसपा निकट समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत संघ एक क्याम्पसमा विजयी भएका छन् ।

चुनाव हुन नसकेका केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ । स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकाले पहिलो पटक चुनाव तोकिएको मितिले एक महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । यसकारण अहिले स्थगित भएका क्याम्पसहरूमा आउँदो वैशाख ५ भित्र चुनाव गरिसक्नुपर्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् ।

प्रतिक्रिया दिनुहोस्