काठमाडौँ, ११ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज आयोजना गरेको कार्यक्रममा उनले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिए ।
मन्त्री खापुङले परिषद्को कर्मचारीको समस्या समाधान गर्नेसमेत बताए ।
सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताए ।