काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन् ।
मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि आज बिहीवार दिउँसो काठमाडौँ आइपुगेका डा.गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेटेका हुन् ।
भेटमा मन्त्री खतिवडाले दोस्रो कार्यकालका लागि महानिर्देशक डा.ग्रेबेयससलाई नेपालले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।