Logo

स्वास्थ्यमन्त्री गिरीद्वारा दादुरा प्रकोप क्षेत्रको अवलोकन



नेपालगञ्ज, ८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा प्रकोप क्षेत्रको अवलोकन गरेका छन् ।

मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल सहितको टोलीले बाँके पुगेर नेपालगञ्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रको अवलोकन गरेको हो ।

उनीहरु विभिन्न स्वास्थ्य सस्थामा पुगेर दादुरा विरुद्धको जारी खोप अभियानको पनि अवलोकन गरेका छन् ।

साउन १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारीलक्षित खोप कार्यक्रम तीव्र पारिएको छ। बाँकेबाट फैलिएको दादुरा हाल सुर्खेतमा समेत पुगेको छ ।

समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि दादुरा-रूबेलाविरूद्धको खोप अभियान सुरु गरिएको छ । हाल नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्र बनाइ ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई तीव्र रूपमा खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्