Logo

स्वास्थ्यमन्त्री भन्छन्: डाक्टर गाउँमा जानै मान्दैनन्



काठमाडौँ, १६ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले डाक्टरहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् ।

बिहीवार नेपाल स्वास्थ्य प्राविधिक सङ्घको ४४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन् ।

उनले अहिले देशका विभिन्न जिल्लाबाट दरबन्दी खाली रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरे पनि स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताए ।

उनले भने, ‘म स्वास्थ्य मन्त्री भएको दुई दिनमात्र भएको छ । यो दुई दिनको अवधिमा धेरै मान्छेले जिल्लामा डाक्टर पठाइदिनुपर्‍यो दरबन्दी यति छ भनेर आउनुभएको छ । नर्स पठाइदिनुपर्‍यो दरबन्दी यति छ भनेर आउनुभएको छ । कोही जान तयार हुनुहुन्न ।’

मन्त्री खापुङले स्वास्थ्यकर्मीहरूरुले जुनकुनै बेला कुनै क्षेत्रमा पनि जानुपर्नेछ भन्ने मानसिकताको विकास गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्