Logo

स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता



स्विट्जरल्यान्ड, ११ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससबीच स्विट्जरल्यान्डमा भेटवार्ता भएको छ ।

बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विट्जरल्यान्ड पुगेका स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओका महानिर्देशक डा.गेब्रेयससबीच भेट भएको हो ।

भेटमा मन्त्री गिरीले पोलियो, हैजा, कोरोना विरुद्धको खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण तथा रोकथाम, निवारण र उन्मूलन, २०७२ सालको भूकम्प, मातृशिशु स्वास्थ्यका क्षेत्र लगायतका पक्षमा डब्ल्यूएचओले खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् ।

मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रतिजैविक औषधिको प्रतिरक्षा प्रणालीलगायत अहिले भइरहेका गतिविधिहरूको विस्तार र आपसी सहकार्य समन्वयका लागि पनि आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्