Logo

स्विडेनलाई हराउँदै स्पेन महिला विश्वकप फुटबलकाे फाइनलमा



न्युजिल्यान्डकाे, ३० साउन । स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ ।

मङ्गलवार न्युजिल्यान्डकाे अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन उपाधि नजिकै पुगेको हो ।

खेलको ८१ औँ मिनेटमा गोल गर्दै अइनगोनोले स्पेनलाई अग्रता दिलाएकी थिइन् । ८८ मिनेटमा स्विडेनकी रेबिकाले गोल गरेर खेल १-१ गोलको बराबरीमा ल्याइन् । तर एक मिनेटभित्रै स्पेनकी कारमोनाले गोल गरेर टोलीलाई फाइनलमा पुर्‍याइन् ।

प्रतिक्रिया दिनुहोस्