Logo

हत्यामा संलग्न महिला पक्राउ



काठमाडौँ, २३ कात्तिक । अछाममा १८ वर्षीय किशोरको हत्यामा संलग्न रही फरार रहेको अभियोगमा एक महिलालाई काठमाडौँबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अछाम पञ्चदेवल विनायक नगरपालिका-८ घर भएकी ३० वर्षीया लक्ष्मी सुनार रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिका-८ बस्ने १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको कात्तिक १७ गते बिहान हत्या गरी फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्