Logo

हत्यामा संलग्न रहेको आशङ्कामा चार जना पक्राउ



काठमाडौँ, २९ जेठ । मध्यपुरथिमि नगरपालिका-८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्