Logo

हमास नेता सिनवारको मृत्यु भएको पुष्टि



काठमाडौं, २ कार्तिक । ७ अक्टोबर २०२३ मा भएको इजरायलमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमास नेता याया सिनवार मारिएका छन् ।

बिहीबार शवको दन्त्य परीक्षण तथा डीएनए परीक्षण गरेर मारिएको पुष्टि भएको हो । बुधवार भएको ट्याङ्क आक्रमणको शव बिहीबार फेला परेको हो । उनको दन्त्य परीक्षण र डीएनए गरिए पछि इजरायली सेनाले यसको पुष्टि गरिएको हो । दक्षिणी गाजाको रफाहामा गरेको आक्रमण पछि सेनाले नै शव लिएका थिए । उनी सिनवार भएको अनुमान पछि परीक्षण भएको थियो ।

सिनावरको मृत्यु पछि नेतान्याहुले बन्दीको रिहाइ र हतियार छाड्नु मात्र हमासका नेताले ज्यान बचाउन सक्ने अन्तिम उपाय भएको बताएका छन् ।

सिनावरको मृत्यु पछि संसारका धेरै नेताले प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध विरामको बाटो खुला भएको प्रतिक्रिया दिएका छन् । अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले सिङ्गो संसार नै सिनावरको मृत्युमा खुसी भएको जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्