काठमाडौँ, १० चैत । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको ‘काउली’ बोलको गीत युट्युब ट्रेन्डिङको नम्बर एकमा परेको छ । छ दिनअगाडि सार्वजनिक भएको उक्त गीतलाई १७ लाख पटक हेरिएको छ । गीत आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।
गीतमा अभिनेता स्वयंले अभिनय गरेका छन् भने उनलाई गायक प्रकाश सपुत र नायिका प्रियङ्का कार्कीले साथ दिएका छन् । लोकलयमा आधारित ‘काउली’ गीतमा श्यामश्वेत रसाइलीको एरेन्ज, गम्भीर विष्टको नृत्य निर्देशन रहेको छ । भिडियोलाई निर्देशक सरोज ओलीले निर्देशन गरेका छन् ।