धरान, २१ भदौ । धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फाइट काठमाडौँ महानगरका मेयर बालेन्द्र साहसँग नभएको बताएका छन् ।
केहि दिन यता साम्पाङले लगातार साहमाथि स्टाटस लेखि अनावश्यक टिप्पणी गरेको भन्दै सामाजिक संजालमा उनको विरोध भइरहेको छ ।
यसैक्रममा सोमबार बेलुका उनले फेसबुकमा स्पष्टिकरण दिएका हुन् । साम्पाङले खोल ओडेर बस्ने झोलेहरूसँग आफ्नो फाइट रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ मेरो फाइट बालेन जी सँग होइन! झोलेहरूसँग हो खासमा, जो खोल ओडेर आइरहेका छन् ।’







