सुनसरी, ४ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ले आइतबार साँझ पदबाट राजीनामा दिएका छन्। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिन राजीनामा गरेको बताएका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा ‘लौरो’ चुनाव चिह्न लिएर विजयी भएका साम्पाङले आफ्नो राजीनामा उपमेयर अइन्द्रबिक्रम बेघालाई बुझाएका हुन्। पछिल्लो समय श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा संगठन विस्तार गर्दै प्रभाव बढाइरहेको पृष्ठभूमिमा साम्पाङको यो कदमलाई महत्त्वपूर्ण राजनीतिक निर्णयका रूपमा हेरिएको छ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि संसदीय चुनाव लड्ने उद्देश्यले पदबाट राजीनामा दिएका थिए। साम्पाङको राजीनामासँगै धरानको स्थानीय राजनीतिक परिदृश्यमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ।







