Logo

हल्दिबारीका उपाध्यक्ष गिरीद्वारा राजीनामा



हल्दिबारी , ८ वैशाख । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले पदबाट राजीनामा दिएका छन् ।

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको काममा खटिनु पर्ने भन्दै बिहीबार गिरीले राजीनामा दिएका हुन् ।

पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेका गिरीले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा पत्रमा निर्वाचित मितिले करिब ५ बर्षसम्म नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य संघीय/प्रादेशिक कानून तथा स्थानीय कानूनले सुम्पेको काम, कर्तव्य, अधिकार र जिम्मेवारी बहन गर्दै आइरहेकोमा आसन्न स्थानीय तहको निर्वाचन, २०७९ मा पार्टीको काममा खटिनुपर्ने अवस्था सिर्जना भएकाले राजीनामा दिनु परेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्