Logo

हल्दिबारी-१ मा राप्रपाको प्यानलै विजयी



झापा, १ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा खाता खोलेको छ ।

राप्रपाले हल्दिबारी गाउँपालिका-१ मा वडाध्यक्षसहित प्यानल नै जितेको हो । निवर्तमान वडाध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै हल्दिबारी-१ राप्रपाका तर्फबाट वडाध्यक्षका उम्मेदवार देवीबहादुर थापा विजयी भएका छन् ।

त्यस्तै वडा सदस्यमा राप्रपाका प्रकाश कार्की, कुलबहादुर राई, महिला सदस्यमा शान्ता खतिवडा शिवाकोटी र दलित सदस्यमा रुपादेवी रसाइली विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्