झापा, ३ जेष्ठ । हल्दिबारी गाउँपालिका वडा नं.३ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
एमालेका तर्फबाट उम्मेदवार बनेका विष्णुप्रसाद ओलीले वडाध्यक्षमा जितेका छन् । उनले राप्रपाका बमबहादुर कन्दङ्वालाई हराएका हुन् । ओलीले ८६८ मत ल्याउँदा कन्दङ्वाले ८१२ मत पाएका छन् ।
त्यस्तै सदस्यमा खुल्लातर्फ एमालेकै अजितकुमार विष्ट ८८८, कर्ण भण्डारी ८५८, महिला सदस्यमा विष्णुमाया तिम्सिना ९१९ र दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा ९८० मत ल्याई विजयी भएका छन् ।