काठमाडौँ, ५ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको स्पष्ट पारेका छन् ।
संसदमा नेपाली कांग्रेसले दुर्घटनाबारे जानकारी दिन माग गरेका गरेपछि पर्यटनमन्त्री किरातीले जवाफ दिँदै हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका हुन् ।
‘पोखरामा भएको जहाज दुर्घटनाप्रति सरकार दुस्खी छ। हवाई क्षेत्रमा पूर्वाधार सुधार गर्दै यस सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर छ,’ उनले भने । किरातीले विमान दुर्घटनामा परेर ज्यान गुमाएकाको शवको पोष्टमार्टम पोखरा मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा भएको जानकारी दिए । पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउने कार्य भइरहेको पनि सदनलाई जवाफ दिए ।
दुर्घटनापछि उद्धारमा सरकारले सक्दो काम गरेको र मृतकका आफन्तलाई बिमाबापतको रकम भुक्तानीको विषयमा पनि सरकारले चासो राखेको उनले बताए ।







