धादिङ, २९ जेठ । धादिङको थाक्रे गाउँपालिका-१ मा विद्युत् प्रसारण लाइनबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
बारीमा मकै गोडेर घर फर्कँदै गरेको अवस्थामा बाटोमा हाइटेन्सन लाइनको करेन्ट लागेर ४३ वर्षीया निर्मला घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राम थापाले जानकारी दिए ।
११ हजार भोल्टेजको तारले रुखमा छोएका कारण करेन्ट लागेको स्थानीयवासीको दाबी छ ।