Logo

हाइसको ठक्करबाट साइकलयात्रीको मृत्यु



दाङ, १६ मङ्सिर । दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा१ख २१७३ नंको हाइसले लमही नगरपालिका-७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

हाइसको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका-७ नयाँबस्ती निवासी ५२ वर्षीय भगत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीलाई लमही अस्पतालमा सामान्य उपचारपश्चात् नेपालगञ्ज पठाइएको थियो । टाउकामा गम्भीर चोट लागेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्