Logo

हाजिर गरेर निस्किने क्रम बढेपछि सतर्कता केन्द्रद्वारा सिंहदरबारका कर्मचारीको अनुगमन



काठमाडौँ, ३२ जेठ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरुको अनुगमन सुरु गरेको छ ।

कर्मचारीहरुले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै सतर्कता केन्द्रले बिहीवार आज सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको हो ।

सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आईडी कार्डको विवरण राख्न थालेको हो । छड्के अनुगमन दिनभर नै हुनसक्ने राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्ण अधिकारीले बताए ।

उनले भने, ‘कार्यालय समय १० बजे अफिस आउने त्यसपछि हाजिर गरेर निस्किने कर्मचारीको लागि अनुगमन गरिएको हो । १० बजेदेखि १२ बजेसम्म अनुगमन गरेका छौँ ।’

सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेको गुनासो आएको र बाहिर निस्किने कर्मचारीहरुले कुनै न कुनै बहाना बनाउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्