काठमाडौं, ११ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई हातखुट्टा बाँधिएको कैदीको रूपमा राखिएको बताउनुभएको छ । तीनकुने घटनाका कारण डिल्लीबजार कारागारमा रहेका प्रसाईंले शनिबार फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्नुभएको हो ।
उहाले लेख्नुभएको छ, ‘कतिपयले अझै पनि मलाई बैंकको ऋण तिर्नु पर्दैन भन्ने गर्छन् भन्ने सुनेको छु । म स्पष्ट गर्न चाहन्छु, मैले मेरो सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिएको छु । अस्पताल र स्कूल सञ्चालनमा छन्, र पाँचतारे होटल निर्माणाधीन छ । म कारागारमा छु, तर नियमित रूपमा बैंकको किस्ता तिरिरहेको छु । यदि मैले किस्ता नतिरेको भए, राज्यसत्ताले मलाई कालोसूचीमा राखिसक्थ्यो होला ।
’उहाले भन्नुभयो, ‘म देशमा स्थायित्व र शान्ति चाहने व्यक्ति हुँ । मेहनत गरेर खान रुचाउने व्यक्ति हुँ । तर, आज मलाई हातखुट्टा बाँधिएको कैदी बनाइएको छ । देशमा स्थायित्व होस् भन्ने उद्देश्यले मैले कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्न पहल नगरेको होइन ।’