Logo

हात्तीको आक्रमणबाट इलाममा एक जनाको मृत्यु



इलाम, २६ चैत । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

बिहान मर्निङ वाकमा निीस्कएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताए । घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्