झापा, ४ पुस । झापाको हल्दिबारी गाउँपालिका-२ पाराखोपीका एक व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु भएको छ ।
हल्दिबारी गाउँपालिका वडा नं.२ का कार्यालय सहयोगी ६० वर्षीय पाठल राजवंशीको बुधबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरदेखि करिब २ सय मिटर पूर्व चन्द्रगढी जोड्ने सडकनजिकैको झाडीमा दिउँसो १२ बजे उनको शव भेटिएको थियो । प्रहरीका अनुसार मर्निङवाक गएका उनलाई हात्तीले आक्रमण गरेको पाइएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।






