
मेचीनगर, १८ भदौ । मेचीनगरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
शुक्रवार साँझ ५:४० बजे मेचीनगर नगरपालिका वडा नं.९ थोप्लेविरान सामुदायिक वनस्थित भित्री सडकखण्डमा स्कुटीमा सवार एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प २०४६ नं.को स्कुटी चालक बुद्धशान्ति गाउँपालिका वडा नं. ५ की ३४ वर्षिया सम्झना श्रेष्ठलाई जंगलबाट आएको हात्तीले आक्रमण गरेको थियो । घाईतेलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाएकोमा उपचारको क्रममा साँझ ६:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए ।






