झापा, २५ मंसिर । हल्दिवारीमा गएराति जंगली हात्तीको आक्रमणमा परी चार जना घाइते भएका छन् ।
हल्दिबारी गाउँपालिका वडा नं. ४ को कालीमन्दिर टोलमा राति करिब २:१५ बजे आएको जंगली हात्तीले आक्रमण गरेको हो ।
हात्तीले लखेटेर भागाभाग हुँदा स्थानीय गौरादेवी पौडेल, नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल घाइते भएका हुन् ।
उनीहरुको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको जलथल प्रहरी चौकीले जनाएको छ ।






