बिर्तामोड, २८ माघ । हात्तीबाट जोगिन घरअगाडि टांगेको बिजुलीको करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड-७ बाह्रघरेका ४९ वर्षिय खेम श्रेष्ठ रहेका छन् ।
गएराति पिसाव फेर्नको लागी खाली खुट्टा घर बाहिर निस्कदा करेन्ट लागेर सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइपुर्याउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रेष्ठले जंगली हात्ती धपाउन आफ्नै घरवरिपरि करेन्ट टांगेका थिए ।






