Logo

हात्तीले आक्रमण गर्दा माझीको मृत्यु



मकवानपुर, १२ फागुन । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट बकैया गाउँपालिका-५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्