Logo

हात्ती धपाउन गएका अजितको सर्पले टोकेर मृत्यु



झापा, ८ असार । विषालु सर्पको टोकाइबाट बुद्धशान्तिमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-५ का अजित तामाङ रहेका छन् ।

गाउँमा गएराति ९ बजे जंगली हात्ती आएपछि हात्ती धपाउन निस्केका १५ बर्षिय तामाङको सर्पले टोकेर मृत्यु भएको हो ।

सर्पको टोकाइबाट सिकिस्त भएका तामाङलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली पुर्र्याएर उपचार सुरु गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्