Logo

हामीलाई निजगढ विमानस्थल चाहिन्छ: भट्टराई



काठमाडौँ, १३ जेष्ठ । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबने नेपालको विकासमा दूरगामी असर पर्ने टिप्पणी गरेका छन् ।

निजगढ विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले देशको विकासमा दूरगामी असर पार्ने उनले टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यो विमानस्थलको विकल्प नरहेको तर्कसमेत गरेका छन् ।

शुक्रवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले वीरगञ्जजस्तो देशको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक नाकालाई काठमाडौँसँग जोड्ने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ हुने भएकाले त्यसलाई रोक्दा नेपालको विकासमा दूरगामी असर पार्ने बताए ।

भट्टराईले भने, ‘जेहोस् हामीलाई यो चाहिन्छ । काठमाडौँले त आन्तरिक पनि धान्न नसक्ने अवस्था आइसक्यो । विदेशीहरू आउने भनेको राजधानीमै हो । विमानस्थल हुँदा यातायात, सञ्चार र ढुवानीको निम्ति मद्दत पुग्छ । त्यसो हुनाले त्योभन्दा बाहेक अन्यत्र उपयुक्त ठाउँ छैन ।’

भट्टराईले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैत्री नभएको पनि दोहोर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्