Logo

हामी एक इन्च भूमि छोड्दैनौँ, छिमेकीको पनि चाहिँदैन: प्रधानमन्त्री



काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा उनले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीतिलाई निरन्तता दिइने उल्लेख गरेका थिए ।

बैठक सांसद दीलेन्द्रप्रसाद बडूले नेपालको परराष्ट्र नीति कसरी अगाडि बढाउने सरकारको योजना छ भनी प्रश्न गरेका थिए ।

त्यस्तै सांसद रघुजी पन्तले नेपाल-भारतबीचको १९५० सन्धि, नेपालको सीमा र भूमिको रक्षालगायत विषयमा भारत भ्रमणको क्रममा छलफल हुन्छ कि हुँदैन भनी प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले भने, “भारत भ्रमणबारे सीमाका सम्बन्धमा हामी एक इञ्च पनि जमिन छोडदैनौँ, छिमेकीको पनि एक इञ्च पनि जमिन चाहिँदैन, यही कुरा हामी भारत भ्रमणमा गएर गछौँ, नेपालको राष्ट्रिय हित, एकतामा असर पर्ने काम हुन दिइने छैन ।”

प्रतिक्रिया दिनुहोस्