काठमाडौँ, १ माघ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूहरू पोखरा जाँदा भिडभाड बढी उद्धारमा समस्या होला भनेर पोखरा नजाने निर्णय गरेको बताएका छन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री लामिछाने लगायतको टोली पोखरा जाने तयारी थियो । तर पोखरा जाने तयारीको अन्तिम समयमा आफूहरूको भ्रमणले भिड बढ्ने जोखिम भएकोले नजाने निर्णय गरेको लामिछानेले बताए ।
यस्तै उनले काठमाडौँबाट लिनुपर्ने निर्णय र उद्धार लगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहने गरि जुटिरहेको पनि बताएका छन् ।







