Logo

हामी जे गर्छै भनेरै गर्छौ, सरकारले नडराए हुन्छ : अध्यक्ष लिङदेन



काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बोल्न, हिँड्न सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रविरुद्ध प्रतिकात्मक शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताउनु भएको छ ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उहाले काठमाडौँमा गर्न लागेको प्रदर्शनमा सीमित नेताहरू मात्र सहभागी हुने जानकारी दिनु भएको हो ।
‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको राप्रपाको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो।‘ उहाले लेख्नुभएको छ ।

वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको दाबीसमेत उनले गरेका छन् । ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ,’ उहाले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्