काठमाडौँ, ३१ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरू गठबन्धनकै अंग भएको बताएका छन् ।
माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी निर्वाचनमा भाग लिन सहमतिपछि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका अध्यक्ष भट्टराईले गठबन्धनको मापदण्डअनुसारकै सिट पाउने बताएका हुन् ।
उनले भने, ‘माओवादी र नेपाल समाजवादी पार्टीबीच आगामी निर्वाचनमा एउटै चिह्नबाट जाने सहमति भएको छ । त्यहीअनुसारको आवेदन दिइएको छ । तत्काल चुनावका लागि मात्रै हो । सिटबारे छलफल गछौँ‚ हामी मिलाएर जान्छौँ । हामी गठबन्धनकै अंग हौँ । गठबन्धनको मापदण्डकै आधारमा सिट पाउछौँ । कसैलाई भ्रम नपरोस् ।’







