Logo

हावाहुरीमा परेर पाँचजनाको मृत्यु



रुपन्देही, २ जेठ । आज साँझ वर्षासँगै आएको हावाहुरीमा परेर पाँचजनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशभित्र पाँचजनाको मृत्यु भएको हो भने ८ जना घाइते एका छन् । सुनवल नगरपालिका वडा–७ ज्यामिरेस्थित प्रतीक्षालयमा बसिरहेका बेला रूख ढलेर सुनवल–७ की ३० बर्सिया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको छ ।

सोही वडाका ४० बर्सिया नरमती परियार, ५१ बर्सिया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।

यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनिहवाकी १४ बर्सिया सुखना केवटको पनि रूखले च्यापेर मृत्यु भएको छ ।

यस्तै, हुलाकी राजमार्गअन्तर्गत लुम्बिनीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लोखडियास्थितमा पिकअप भ्यान र भारतीय कार एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्