Logo

नेपाली समाजमा हिनताबोध र नकारात्मकताको डढेलो लगाइँदैछः प्रधानमन्त्री



काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजमा अत्यन्त चिन्ताजनक र चारैतिर हिनताबोध तथा नकारात्मकताको डढेलो लगाइएको बताएका छन् ।

सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले ‘सकिँदैन’, ‘बन्दैन’ र ‘हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको बताएका हुन् ।

उनले भने ‘अहिले म नेपाली समाजमा अत्यन्त चिन्ताजन र चारैतिर हिनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेकोको देखिरहेको छु । ‘सकिँदैन’, ‘बन्दैन’ र ‘हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको छ । एकथरि तत्त्वले त नियोजितरूपले नै यो मानसिकतालाई मलजल गरिरहेका छन्’ ।

प्रतिक्रिया दिनुहोस्